भागरथी भट्टको न्यायका लागि भन्दै धनगढीमा प्रदर्शन


 धनगढी २३ माघ: बैतडीमा मृत फेला परेकी भागरथी भट्टको न्यायका लागि भन्दै धनगढीमा प्रदर्शन गरिएको छ । 

शुक्रबार नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा आवद्ध धनगढीका युवाहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले सत्यतथ्य छानविन गर, जस्टिस फर भागरथी, दोषीलाई कारवाही गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । 

भागरथीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको न्यायका निम्ति भेष बमको नेतृत्वमा पार्कमोडदेखि मुख्यमन्त्री कार्यालयसम्म प्रदर्शन गरिएको छ ।

बुधबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहीन भएकी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भट्टको शव बिहीबार साँझ स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो ।

उनको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

Comments