लट्ठाघात बि. आे .पि. उदघाटन

 कैलारी संबाददाता २० माघ लठ्ठाघाट विओपीको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविणकुमार श्रेष्ठ र कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि न्यूनिकरणका लागि सिमाक्षेत्रमा विओपी स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
विओपीको उद्घाटन गर्दै प्रहरी नायव महानिरीक्षक प्रविण कुमार श्रेष्ठले अहिलेको विषम परिस्थितीमा राष्ट्रसेवक सुरक्षाकर्मीहरुको काधमा राज्य, जनताहरुको सेवा तथा सुरक्षाको ठुलो जिम्मेवारी आएकाले अझ बढी अनुशासित एवं कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिए ।
उनले सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी नियन्त्रणमा विओपी प्रमुखको जिम्मेवारी भएकाले सबैलाई व्यवसायिक ढंगले कार्य क्षेत्रमा खटिन निर्देशन समेत दिए ।

विओपी उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवर र स्थानीय जनप्रतिनिधिको उपस्थिती रहेको थियो ।

यो सँगै १ सय १ किलोमिटर खुल्ला सीमाना रहेको कैलालीमा स्थापना भएका विओपीको संख्या १४ पुगेको छ । (फोटो फीचर)




(फोटो सौजन्य : मनीष चौधरी)

Comments