धनगढी २ फाल्गुन: कञ्चनपुरमा लगत सङ्कलनकर्ताहरुलाई अभिमुखीकरण गराइएको छ ।
शनिबार लालझाडी गाउँपालिकामा भूमि सम्बन्धी समस्या समाधानका लागि स्थानीय तहले छनौट गरेका लगत सङ्कलनकर्ताहरुलाई एक कार्यक्रमको आयोजना गरी अभिमुखीकरण गराइएको हो ।
लगत सङ्कलनको आवश्यक प्रक्रिया, नीति, नियम लगायतका विषयमा जानकारी गराउन सङ्कलनकर्ताहरुलाई अभिमुखीकरण गरिएको भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरकी अध्यक्ष कमला बोहराले बताइन् ।
भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरले जिल्लाका विभिन्न स्थानीय तहहरुमा लगत सङ्कलनको कार्य सञ्चालन गरिएको र बाँकी स्थानीय तहहरुमा समेत चाँडै नै कार्य अगाडि बढाइने जनाएको छ ।
यसैबीच वेदकोट नगरपालिकामा पनि भूमि सम्बन्धी समस्या समाधान गर्न तथ्याङ्क सङ्कलन कार्य सुरु गरिएको छ । शनिबार नागरिक अगुवाहरुसङ्ग अन्तरक्रिया एवम् छलफल गरी तथ्याङ्क सङ्कलन कार्य सुरु गरिएको बताइएको हो।
१० वटा वडा रहेको सो नगरपालिकामा वडा नम्बर २ बाहेक अन्य सबै वडामा शनिबार अन्तरक्रिया गरिएको हो
Comments
Post a Comment