फाइनल खेलमा वडा नम्बर ६; पुरुष तर्फ वार्ड नं. ३ र महिला तर्फ वार्ड नं. ४ सेमिफाइनलमा प्रवेश

 


हसुलिया, २ फागुन । कैलालीको कैलारी गाउँपालिका–३ स्थित उत्तर भडरीमा भइरहेको तेस्रो अध्यक्ष कप रनिङ्ग खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार पनि ३ खेल भएको छ ।

पुरुष तर्फ भएको सेमीफाइनल खेलमा वडा नम्बर ६ विजयी भएको छ । वडा नम्बर ६ ले वडा नम्बर ५ लाई २ को विरुद्ध ७ गोल गर्दै विजयी भएको हो । वडा नम्बर ६ का यूहन चौधरीले ५ गोल, सागर चौधरी र किस्मत चौधरी १÷१ गोल गरेका थिए । यो संगै वडा नम्बर ६ फाइनलमा प्रवेश गरेको मिडिया संयोजक मिशन चौधरीले जानकारी दिए । वडा नम्बर ५ का रमेश बोहरा र आयुष कठरियाले १÷१ गोल फर्काएका थिए ।


त्यस्तै पुरुष तर्फको वडा नम्बर ३ ले वडा नम्बर २ लाई शुन्यका विरुद्ध २ गोल गर्दै विजयी भएको छ । वडा नम्बर ३ का टीम क्याप्टेन हेमन्त चौधरी र दिगम्बर चौधरीले गोल गरेका थिए । यो संगै वडा नम्बर ३ सेमीफाइनलमा प्रवेश मिडिया संयोजक चौधरीले जानकारी दिए ।
त्यस्तै महिला तर्फ भएको खेलमा वडा नम्बर ४ ले शुन्यका विरुद्ध १ गोल गर्दै सेमी फाइनलमा प्रवेश गरेको छ । वडा नम्बर ४ की खेलाडी मोनिका चौधरीले १ गोल गरि आफ्नो टीमलाई सेमी फाइनलमा प्रवेश गराएकी हुन् ।
फुटलबल प्रतियोगितामा नौ वटै वडा र कैलारी गाउँपालिकाको कार्यालयको गरी पुरुषमहिलाको १०/१० वटा टीमको सहभागिता रहेको छ । कैलारी गाउँपालिका कार्यालयको सहयोगमा कैलारी स्मार्ट समन्वय युवा क्लबले प्रतियोगिताको आयोजना गरेको हो ।

Comments