प्रबिन बौखहि
हाम्रो पुर्खा देखि चल्दै आएको थारु संस्कृति,परम्परा रहन सहन थारुजातिन को बेग्लै पहिचान छ।बाह्रै महिना फरक फरक गित,खानपिन छ।
हाम्रो थारु समाज मा एक बेग्लै पहिचान मध्ये थारु समुदायको बिबाह (भोज) पनि एक हो।थारु समुदायमा बिबाह हुदा थारु परम्परा अुनुशार गर्ने गर्दछन।बिबाह थारु समाज मा माघ महिना र फाल्गुन मा मात्रै गर्दछन।बिबाहमा बेहुला को लागि डोला तयार गरिन्छ ,निकै सजाएर बेहुलि लिनको लागि डोला झकिझकाउ सजाएको हुन्थ्यो।यसरी बेहुला र सैभल्वा (बेहुलाको सानो भाई)लाई त्यहि डोलामा बोकेर बेहुलिको घर सम्म पु-याउने गर्छन र फेरि त्यहि डोला चढेर पुन: आफ्नो घर पुग्दछन।र त्यसरि नै बेहुलि पक्षको मान्छे(चैठ्यार)ले पनि डोलि बनाई बेहुला ले दिएको सादा सेतो र रातो कपडाले चारैतिर बेरिएको हुन्छ।माथि गजुरमा काँस को पानी पिउने लोटा पनि राखिए हुन्छ। डोला र डोलि भित्र सानो घण्टी पनि झुण्डयाउथे ,घण्टिको आवाज निकै मनमोहक हुने गर्दथ्यो।
समय संगै नेपाली( थारु) बिबाहमा ज्यादै फरक आईसकेको छ। बिबाह मा आजभोलि बिदेशी सस्कृति रहनसहन, चालचलनले जरा गारिसकेको अवस्था देखिन्छ।
आाजको दिनमा थारु समुदायमा बिदेशीहरुको देखासिखीमा हाम्रो सस्कृति धराप मा परेको छ,लोप हुदैछ।बिबाह को डोला, डोलि।
कहि कतै मुशकिलले मात्र डोला र डोलि देख्न पाईन्छ।हाम्रो आउने सन्तति हरुलाई यो बिबाहको डोला डोलि लाई थारु सग्राहलयमा मात्रै देखाउन सकिन्छ होला? थारु समुदायमा बडो बिड्म्बना छ?थारु भएर पनि हामीले हाम्रो बच्चालाई सग्राहलय मा लगेर अवलोकन गराएर जानकारि गराउनु पर्ने?
आज मलाई मेरै छोरी प्राप्ति बौखहि ले हाम्रै कैलारि गापा.को बैजपुर मा थारु समुदायमा बिबाहमा बेहुलि चढेको डोलि निकै सजिसजाउ त्यसमा पनि घण्टीको मधुर आवाज सुनेर (देखेर)अाफ्नो हातको चोर अैांलाले देखाउदै मलाई प्रश्न गरि बाबा उ का हो(बुबा उ त्यो के हो)?ई काहे बोकटै?(यो किन बोकि रहेछन)ईम्ने का रहठ?(यसमा के छ)। यस्तै यस्तै अनेकै प्रश्न गरि।म बिस्तारै उन्ले सोधे अनुशार उत्तर दिदै गए।
मलाई कस्तो कस्तो अर्कै फिल भयो।अब आउने पिढि त झनै डोला ,डोलि देख्न पाउदैनन।कस्तो हुन्छ?के काम लाग्छ?कुनै जानकारि नै पाउदैनन।देख्न पाउँछन् त केवल सग्राहलयमा मात्रै? मैले धेरै सोचे अनि चित्त बुझाएकि यो सब बिदेशीहरुको देखासिखी लाई महत्व दिनु र बिदेशीको तडकभडकमा रमाउनुले नै अाज हाम्रो थारु समुदायको बिबाहमा बेहुला र बेहुलि ले चढ्ने डोला, डोलि लोप हुदैजानू को मुख्य कारण हो!
आज मेरो सानि छोरि प्राप्ति बौखहि ले बल्ल बेहुलि चढेको डोलि देख्न पाईन।कहिल्यै कुनै बिबाह मा नदेखेको दृष्य देखेर छोरी अच्चम मान्दै खुब खुशी भएकि थिई।
Comments
Post a Comment