सम्पन्न भएका योजनाको अनुगमन

  


कैलारी पोष्ट संबाददाता १९ माघ । कैलालीस्थित कैलारी गाउँपालिकाको गाउँपालिका स्तरीय अनुगमन समितिले आइतबार वडा नम्बर ६ र ९ मा सम्पन्न भएका योजनाको अनुगमन गरेको छ ।

गाउँपालिका स्तरीय अनुगमन समितिका संयोजकसमेत रहेकी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाको नेतृत्वमा रहेको अनुमन टोलीले योजनाको अनुगमन गरेको हो । सो टोलीले वडा नं ६ खरुवाखेरामा निर्माण सम्पन्न भएको झोलुङ्गे पुल र वडा नं ९ सामरचौरामा निर्माण सम्पन्न भएको झोलुङ्गे पुल र सडक स्तरोन्नति योजनाको अनुगमन गरेको जनाइएको छ । टोलीले शनिबार वडा नं १ मा निर्माणाधिन विसनपुर कटान समुदायिक भवन, र वडा नं २ मा दिलबहादुरको पसलदेखि कैलारी स्पोर्टस्को घरहुँदै लौटनको मेडिकल सडक स्तरोन्नति योजनाको अनुगमन गरेको थियो ।
अनुगमन टोलीमा समितिका सदस्य रञ्जिता चौधरी, खडक कामी, गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी, गाउँपालिकाका प्राविधिक लगायतको सहभागिता रहेको थियो ।
गाउँपालिका अन्र्तगत यस वर्ष १५७ योजना रहेका छन् । जसमध्ये २७ वटा योजना सम्पन्न भइसकेको योजना शाखा प्रमुख चौधरीले जानकारी दिए ।

Comments