कैलारी पोष्ट संबाददाता ४ फाल्गुन । नागेश पशुपति शिक्षामन्दिर र बोन्ड बोर्डिङ्ग स्कुल कैलारी गाउँपालिकाको पबेरामा पनि मंगलबार श्रीपञ्चमी धुमधामसँग (सरस्वति पूजा) मनाइँदै छ ।यस्तो छ बसन्त पञ्चमीको महत्व यसपटकको बसन्त पञ्चमी पर्व अर्थात श्रीपञ्चमी पर्व मंगलबार परेको छ । यो चाड संसारभर हिन्दूहरुले धुमधामसँग मनाउने गर्दछन् । माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ ।यो दिन देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गरी यो पर्व मनाइन्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई सरस्वति पुजाकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ।गोरो वर्ण भएकी, हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई विभिन्न नामले पुकारिन्छ ।
उनका अन्यनामहरुमा भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरी रहेका छन् ।यो दिन सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वास रहेकाले सरस्वति पुजाको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिएको हो । ऋग्वेदमा वाग्देवीका नामले सरस्वतिले प्रसिद्धि पाएकी छिन् ।ब्रह्माकी अ र्धा ङ्गि नी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने छ ।
Comments
Post a Comment