धनगढी, १८ पुस । शनिबार दिउँसो नेकपा सुदूरपश्चिम संसदीय दलको बैठक बसेको थियो । बैठकमा प्रमुख अतिथि थिए, नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज एवम् प्रचण्ड–नेपाल पक्षधर नेता डा. भीम रावल ।
दलको कार्यालय भित्र उनीहरुले सैद्धान्तिक रुपमा जे जस्तो सहमति विमतिको कुरा गरे पनि बाहिर भने ख्याल ठट्टा गर्दै एक अर्काप्रति सम्मान र माया देखाउन खोजिरहेका थिए । बैठक सकिएपछि सबै बाहिर निस्किदै थिए । त्यसै क्रममा प्रचण्ड–नेपाल पक्षधर डा. रावल र ओली पक्षधर नेपालु चौधरीबीच रमाइलो वार्तालाप देखियो । रावलले नेपालु चौधरीलाई भन्दै थिए । ‘जता गए पनि माया न मार्नू होला ।’
शनिबार बसेको नेकपा सुदूरपश्चिम संसदीय दलको बैठकमा तीन वटा निर्णय गरिएको छ । सो निर्णयमा ओली पक्षधर प्रदेश सभा सदस्यहरुले हस्ताक्षर गरेनन् ।

Comments
Post a Comment