जनावरहरुको उपचारका लागि आई केयर युु संस्थालाई करिब ६० हजार बराबरको औषधी सहयोग

 


धनगढी, २३ पुस । सडकमा बेवारिसे अवस्थामा रहेका जनावरहरुको उपचारका लागि आई केयर युु संस्थालाई करिब ६० हजार बराबरको औषधी सहयोग गरिएको छ । लाईन्स क्लब अफ धनगढी खप्तड, लाईन्स क्लब अफ धनगढी ईनोभेटिभ, लाईन्स क्लब अफ धनगढी सन्जिबनी र लाईन्स क्लब अफ धनगढी नैनादेबीद्धारा संयुक्त रुपमा जनावरहरुको उपचारका लागि ६० हजार बराबरको औषधी सहयोग गरिएको हो ।

लायन्स क्लब अफ धनगढी खप्तडका अध्यक्ष हरि सिङ धामी, सचीव युबराज जोशी र धनगढी इन्नोभेटिका अध्यक्ष बिजय अवस्थी लगायतको टोलीले उक्त औषधी संस्थाका सामाजिक अभियन्ता बिष्णु प्रसाद पनेरुलाई हस्तान्तरण गरेकोे हो । सो औषधी सडकमा बेवारिसे अवस्थामा भेटिएका जनावरहरुको उपचारका लागि प्रयोग गरिने छ ।

आई केयर युु संस्थाका सदस्यहरु दिनरात नभनि सडकमा बेवारिसे जनावरहरुको उपचारमा खटिएका छन । यस्तै सोही कार्यक्रममा लायन्स क्लब अफ धनगढी खप्तडका अध्यक्ष हरि सिङ धामीको जन्मोत्सवको अबसरमा शुभकामना समेत दिईएको थियो ।

Comments