कैलारी पोष्ट संबाददाता, ११ माघ । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नं. ७ मा पर्ने जैबिक मार्ग बसन्ता बन कोरिडोर बन क्षेत्र भित्रको नयाँ बनाईएका घर-टहराहरु डोजर प्रयोग गरी भत्काएको हो ।
कोरिडोर बन क्षेत्रमा अतिक्रमण बढिरहेको जानकारी पाएपछि एक्कासी आएको बन कार्यलय धनगढ़ीको टोली, नेपाल पुलिस, ससत्र प्रहरि बल, बसन्ता रेन्ञपोष्टको संयुत्त टोलीले बन क्षेत्रभित्र बनाएका ३-४ वटा घर-टहराहरु डोजर लगाई भत्काईएको हो। घर-टहराहरु भट्काउने क्रममा तनाब ग्रस्त जस्तै स्थिति पैदा भएको थियो तर पनि जिल्लाबाट खटिएको सम्पुर्ण टोली संयमी अपनाएर कुनै अप्रिय घटना भएन भनी एक स्थानीयले बताए। भोलि यस छट्कपुर बसन्ता गाउँको ३-४ जना ब्यत्तिहरुलाई जिल्ला बन कार्यालय धनगढीमा छलफलको लागि बोलाईएको छ कुरा जानकारी गराएको छ। पछिल्लो समय बिभिन्न बन क्षेत्रमा आफ्नो मनमानी तरिकाले घर-टहराहरु बनाइ बन अतिक्रमण बढीरहेको छ ।
Comments
Post a Comment