कैलारी गाउँपालिकाकाेे ७ नं. वडा कार्यालय र गाउँपालिकाकाे कार्यालयमा तालाबन्दी

 


कैलारी पाेष्ट संवाददाता, १२ माघ। कैलालीकाे कैलारी गाउँपालिकाक‍ाेे वडा नं.७ काे कार्यालय तथा गाउँपालिकाकाे कार्यालयमा तालाबन्दी भएकाे छन।

 हिजाे बन कार्यालय, नेपाल प्रहरीकाे संयुक्त ताेलीले बसन्ता काेरीडाेर क्षेत्रमा अतिक्रमण भयाे भनी घर-टहराहरु डाेजर प्रयोग गरि भत्काएकाे थियाे तर छटकपुर बसन्ता र बरका बसन्ताको किसानहरुद्वारा अाफुहरु बाढीपीडित भएकाेले सुरक्षित  तथा अग्लाे ठाउँमा  घर-टहराहरु बनाएका हाै भनी वडा र गाउँपालिकाकाे कार्यालयमा तालाबन्दी  गरेर धर्नामा बसेका हाैै भनिरहेका छन ।

अाज  बिहानै देखि साे स्थानीय बासिहरु ७ नं. वडा कार्यालय र कैलारी गाउँपालिकाको कार्यालयमा तालाबन्दीले गर्दा १-२ घण्टा सबै कामकाजहरु ठप्प भएका थिए। कार्यालयका कर्मचारीहरुलाई भित्रजान दिएको थिएन। केही घण्टापछि कैलारी गापाको वडा नं.७ का अध्यक्ष कमल प्रसाद चौधरीको    सहजिकरणमा दुबै गाउबाट ३-४जना जिल्ला बन कार्यालय धनगढी जाने सहमतिमा ताला  खोलिएको छ। बाढिपिडित गाउँ भएकोले उच्चो ठाउँ बन भित्र घर-टहरा बनाएका छौ स्थानियको भनाई रहेको छ। अहिले ३-४जनाको टोलि धनगढी गईरहेको जानकारी  गराइएको छ।

अतिक्रमण हटाउनका लागि आज पनि डोजर गएपछि स्थानीयले अवरोध गरेको डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बताए । ‘स्थानीयको अवरोधपछि काम रोकिएको छ’, उनले भने । 


बाढीपीडित भएको भन्दै स्थानीयले सो ठाउँमा वन क्षेत्रमा संरचना बनाउन खोजेका छन् । केही समय अगाडिमात्रै वन र स्थानीयबीच वन क्षेत्रमा संरचना नबनाउने र वास्तविक बाढीपीडितको उचित पुनस्र्थापनाका लागि पहल गर्ने सहमति भएको थियो । तर, स्थानीयले सहमति कार्यान्वन नगरेको कँडेलले बताए । वन क्षेत्रमा बनाइएको संरचना हटाउन खोजिएपछि स्थानीय आक्रोसित भएका छन् । धेरैको संख्यामा आएका स्थानीयले गाउँपालिकाको कार्यालय अगाडि नाराबाजीसमेत गरेका थिए । 


यसैबीच, बाढीपीडित स्थानीयसहित सरोकारवालाबीच जिल्ला प्रशासन कार्यालयमा छलफल हुने बताइएको छ । आफ्नो समस्या राख्नका लागि स्थानीयहरु जिल्ला प्रशासन कार्यालयमा आउने सूचना आएको सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए । ‘तर, सम्बन्धित मान्छेबाट हामीलाई जानकारी आएको छैन’, उनले भने ।  


Comments