काठमाडौं, पुष २६ / प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनस्र्थापना हुन नसक्ने बताएका छन् । राष्ट्रियसभा बैठकमा उठेका एवम् समसामयिक विषयमा आज आइतवार वक्तव्य दिँदै उनले संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको स्पष्ट पार्दै यो राजनीतिक प्रश्न हो भनेका छन् ।
उनले नेपालको संविधानको धारा ७६ ९७० ले प्रतिनिधिसभा विघटन हुने व्यवस्था गरेको स्पष्ट पार्दै संविधानले तोकेबमोजिमले जाँदा अस्थिरता नहुने बताए । साथै उनले बाह्य शक्तिको गोटी बनेर राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्दै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरेपछि संसद् विघटन गरिएको प्रष्टिकरण दिए ।

Comments
Post a Comment