कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा समायोजन

 

कैलाली, ४ माघ । कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा समायोजन भएको छ ।
यस अघि त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको क्याम्पस लामो समयपछि सुदूरपश्चिम विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा समायोजन भएको हो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. अम्मराज जोशी, राजिष्टार डा. गोविन्दसिंह विष्ट र कैलाली बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष सुर्यबहादुर थापा, उपाध्यक्ष धनगढी उपमहानगरपालिका मेयर नृप वड, समायोजन कार्य दल संयोजक तथा पूर्व अध्यक्ष घनबहादुर शाह र क्याम्पस प्रमुख डा. पदमराज जोशी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
२०७७ पुस ३ गते सुदूरपश्चिम विश्व विद्यालयको सम्पन्न आठौं साधारण सभाबाट स्वीकृत भएबमोजिम कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिमको आंगिक क्याम्पस बनाउने निर्णय गरेको थियो ।
सुदुरपश्चिमाञ्चल विश्व विद्यालयको सभाले पहिलो पटक २०७० भदौँ ३० गते कैलाली बहुमुखी क्याम्पसलाई आफ्नो आंगिक क्याम्पस बनाउने निर्णय गरेको थियो । तर कैलाली बहुमुखी क्याम्पसले सुरु देखि नै समायोजनका लागि विभिन्न माग राख्दै आएपनि विविध कारणका बीच समायोजन हुन सकेको थिएन ।

Comments