प्रचण्ड-माधव समूहको दोस्रो चरणको आन्दोलनको घोषणा

 


काठमाडौँ : प्रचण्ड-माधव समूहको नेकपाले पुस २० गतेदेखि २३ गतेसम्मका लागि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । यही शनिबार दिउँसो काठमाडौँमा पत्रकार सम्मेलन गरी नेताहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले यही पुस २४ गते देशबासीहरुसँग क्षमायाचना गर्दै असंवैधानिक कदम सच्याउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाउने तयारी गरेको जनाएको छ ।

साथै सबै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको पनि उक्त समूहले जनाएको छ ।
 


Comments