धनगढी, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदम असंवैधानिक भएको भन्दै धनगढीमा बयलगाडा र्याली निकालिएको छ ।नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूह निकटको अनेरास्ववियू जिल्ला कमिटी कैलालीले बयलगाडा र्याली निकालेको हो । प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै उक्त कदम सच्याउन प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूले माग गरिरहेको छ।
Comments
Post a Comment