सृजना समाज द्वारा डे पेनाल्टी सुटआउट प्रतियोगिता हुने

 



हसुलिया

, २८ मंसिर  । सृजना समाज द्वारा डे पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको छ।
कैलारी गाउँपालिका वडा नं. ५ छोटी पलियाको  सृजना समाजको आयोजनामा प्रतियोगिता हुने भएको छ। प्रतियोगिता यही पौष ११ गते बिहानदेखी हुने भएको हो ।
प्रतियोगिता अन्र्तगत पेनाल्टी सुटआउटको इन्ट्रीशुल्क ३ हजार १ सय रहेको छ भने टीम दर्ता पौष १० गते ४ बजेसम्म रहेको छ, साथै टीम दर्ता गर्दा अनिवार्य रुपमा ५०% रकम बुझाउनु पर्नेछ अन्यथा टीम दर्ता नहुने जानकारी गराएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार र  दोस्रोले २१ हजार, तथा सेमीफाइनलमा पुगेका टीमले नगद १५ हजारको पुरस्कारको व्यवस्था गरेको कुरा शंकर चौधरी जानकारी गराएका छन ।

Comments