हसुलिया, २१ मंसिर । सुदूरपश्चिम प्रदेश सभा सदस्य बीरमान चौधरी कृषि पेशालाई आधुनिक र व्यवसायीक रुपमा गरिनु पर्ने जोड दिएका छन् ।
कैलारी गाउँपालिका वडा नं. १ हसुलियामा रहेको श्री बनदेवी कृषि सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य चौधरीले परम्परागत खेती प्रणालीलाई आधुनिक र व्यवसायीक रुपमा गर्नु पर्ने जोड दिए । उनले कृषकहरुको उत्पादन लाई बढाउन यान्त्रिकरण र चक्लाबन्दी खेती प्रणालीलाई पनि अपनाउन सुझाए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रदेश सभा सदस्य चौधरीले उत्पादित वस्तुलाई बजारीकरण गर्न पनि जोड दिए ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कैलालीका अध्यक्ष रमेश चौधरीले कृषि उत्पादनलाई वृद्धि गर्नका लागि कृषियान्त्रीकरणमा जोड दिनु पर्ने बताए ।
कार्यक्रममा सहकारीकी अध्यक्ष इच्छा चौधरीले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । लेखा अधिकृत सुनिल चौधरीले आर्थिक वर्ष २०७६÷०७७ को २ करोड १३ लाख २६ हजार ८९० रुपैया बराबर आयव्यय प्रस्तुत गरेका थिए ।
कार्यक्रममा समाजसेवी तथा वुद्धिजिवी होरीलाल चौधरी, कैलारी सहकारीकी उपाध्यक्ष सरु चौधरी, इलाका प्रहरी कार्यालय हसुलियाका इन्चार्ज नारदसिंह धामी, समाजसेवी चन्द्रसिंह चौधरी लगायत अतिथी रहेका थिए ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष तीर्थप्रसाद नेपालले स्वागत मनतब्य राखेका थिए । यसै बिच सहकारीले विभिन्न कृषि समूह र कृषकलाई सम्मान समेत गरेको छ । व्यवसायीक तरकारी कृषि समूह तर्फ कैलारी ३, निमुवाबोझीका बाढी पीडित कृषक समूहका महेन्द्र चौधरी, साइनो कृषक समूह हरिनगरका इन्द्र बहादुर चौधरी, कृषि तरकारी सम्झना कृषक समूह भितरियाका जागुराम चौधरी, गौरी कृषक समूह के गाउँका मनिरा चौधरी, चेतना आमा कृषक समूह उजलीसेमरका तारा चौधरी, बाढी पीडित कृषक समूह मोहनपुरका भोजलाल चौधरी र लालुपाते कृषक समूह उजलीसेमरका लैया चौधरी रहेका छन् ।
त्यस्तै बिजवृद्धि कृषक तर्फ कैलारी ५ जब्दहुवाका चन्द्रबहादुर चौधरी र रुपलाल चौधरी, कैलारी ७ मोहनपुरका भानुराम चौधरी र नारायणपुरका शत्रुघन चौधरी सम्मानति भएका छन् । भने सहकारीका असल सेयर सदस्य समाजसेवी तथा वुद्धिजिवी चन्द्रसिंह चौधरी पनि सम्मानित भएका छन् । उनीहरुलाई प्रमुख अतिथी प्रदेश सभा सदस्य चौधरीले दोसल्ला र प्रमाणपत्रले सम्मानित गरेका थिए ।
सहकारीले किसान परियोजना २ कार्यक्रम मार्फत कृषकहरुलाई व्यवसायीक तरकारी खेती, सुपर जोनको सहकार्य मार्फत धान, गहुँ लगायत बालीको बिजवृद्धि कार्यक्रम लगायत विभिन्न संघसंस्थाको सहकार्यमा कृषकहरुलाई कृषि सम्बन्धी तालिम दिदैँ आएको सहकारीका कार्यक्रम संयोजक कृष्ण चौधरीले जानकारी दिए
Comments
Post a Comment