कैलारी गाउँपालिकाले एमवाइसी पहिलो भेट्रान कप २०७७ को उपाधि

 


धनगढी, २८ मंसिर । कैलारी गाउँपालिकाले एमवाइसी पहिलो भेट्रान कप २०७७ को उपाधि हात पारेको छ ।

धनगढी उपमहानगरपालिका–१२, मनकामना युवा क्लबको आयोजनामा भएको पहिलो भेट्रान फुटबल प्रतियोगितामा आयोजक क्बल मनकामना युवा क्लबलाई शुन्यको विरुद्ध २ गोल गर्दै उपाधि हात पारेको हो । प्रतियोगिता जिते संगै कैलारीले नगद ४० हजार सहित प्रमाणपत्र, ट्रफी हात पारेको कैलारी स्मार्ट क्लबका सचिव लक्ष्मी दहितले बताए । उपविजेता आयोजक मनकामनाले नगद २० हजार सहित प्रमाणपत्र र ट्रफी हात पारको हो ।
मंसिर २० गतेबाट सुरु भएको प्रतियोगितालाई निसर्ग अस्पताल धनगलीले मुख्य प्रायोजन गरेको थियो ।

Comments