नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमा शुरु

 


काठमाडौं, मंसिर २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमा शुरुभएको छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षतामा गर्नुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापकाअनुसार अध्यक्षद्वय ओली र प्रचण्ड दुवैको बैठकमा उपस्थिति रहेको छ । यसअघि २१ गते बसेको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीको सहभागीता थिएन । उहाँले बैठकमा पत्र पठाएर बैठकमा नआउनका कारणबारे प्रष्ट पार्नुभएको थियो ।

आजको बैठकमा नेकपा केन्द्रीय सदस्य तथा पूर्व सांसद कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्ने बताइएको छ । आजको बैठकबाट स्थायी कमिटी सदस्यहरुले धारणा राख्नेक्रम शुरु हुने बताइएको भएपनि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित हुने सम्भावना पनि रहेको छ । यसअघिको बैठकमा सबै सदस्यहरुलाई अध्यक्षद्वयको प्रस्ताव अध्ययनका लागि वितरण गरिएको थियो । यद्यपि बैठक ‘पार्टीको आन्तरिक समस्या’ कार्यसूची तय गरेको छ ।

Comments