मोहना घाटमा उदाउँदो सूर्यलाई अर्घ दिएर व्रतालुले छठ पर्वको समापन

 




धनगढीः  धनगढीको मोहना घाटमा उदाउँदो सूर्यलाई अर्घ दिएर व्रतालुले छठ पर्वको समापन गर्ने भएको छन् ।

कोरोना कहरकैबिच मोहना छठी घाटमा शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुले शनिबार उदाउँदो सूर्यलाई अर्घ दिदैछन् । त्यसका लागि व्रतालुहरु बिहानैदेखि मोहना घाटमा पुगेर सूर्यको प्रतिक्षा गरिरहेका छन् ।

उनीहरुले उदाउँदो सूर्यलाई अर्घ दिइ छठ पर्वको समापन गर्नेछन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिइ पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।

व्रतालुहरु नजिकैका नदी तथा पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिइ आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएका विशेष प्रकारको पकवानसहित सूर्यलाई अर्घ अर्पण गर्ने चलन छ ।

अघ्र्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ ।

तर यसवर्ष भने कोरोनाको जोखिमका कारण विगतमा जस्तो तामझामका साथ छठ पर्व मनाउन नपाउँदा व्रतालुहरु निराश भएका छन् ।

Comments