कैलाली, १५ असोज । थरुहट/थारुवान राष्ट्रिय मोर्चाद्वारा विजया दशमी तथा दिपावलीको शुभकाना तथा टीकापुर घटनाका राजबन्दी परिवारलाई आर्थिक सहयोग गरेको छ ।
अमेरिकाको क्यालिफोर्नियाबाट रामराईले पठाएको आर्थिक सहयोग राजबन्दी परिवारलाई जनही ३ हजारको दरले सहयोग रकम हस्तान्तरण गरेको हो । उक्त रकम राजबन्दी परिवारलाई दशैं खर्चका लागि पठाएको जनाएको छ । त्यस्तै आर्थिक सहयोग संगै राजबन्दी परिवारलाई खाद्यान्न सहयोग पनि गरिएको छ ।
टीकापुर घटनाका कारण राजबन्दी जीवन बिताइरहेका हरिनारायण चौधरी, राजकुमार चौधरी, सुन्दर कठरिया, वृजमोहन चौधरी, राजेश चौधरी, सन्तकुमार चौधरी, श्रवण चौधरी, बिहादुर चौधरी, प्रदीप चौधरी र गंगाराम चौधरीको घरपरिवारलाई जनही रु. ३ हजार नगद र खाद्यान्न सहयोग गरिएको हो ।
कार्यक्रममा थरुहट÷थारुवान राष्ट्रिय मोर्चाका केन्द्रिय संयोजक लक्ष्मण चौधरी, पूव राज्यमन्त्री जनकराज चौधरी, नेपाली कांग्रेसका बीरुप्रसाद चौधरी, थरुहट÷थारुवान राष्ट्रिय कैलाली अध्यक्ष माधव चौधरी, जसपाका दिनेश चौधरी, मोर्चा जिल्ला सदस्य सुशिला चौधरी, थाकस पूर्व सल्लाहकार संयोजक गोपाल प्रसाद चौधरी, थाकस कैलाली कोषाध्यक्ष एन्जल चौधरी, थाविस कैलाली अध्यक्ष आशिष चौधरी लगायतको उपस्थिति रहेको थियो ।
Comments
Post a Comment