भरतपुर, १६ कात्तिक ।
उपन्यासकार एवम् थारु पत्रकार संघ चितवनका उपाध्यक्ष संचारकर्मी मनाेज चाैधरीलाई पितृशोक परेको छ । `टुकी´ उपन्यासका लेखक चौधरीका बुबा शिखाराम महताेको ६७ वर्षकाे उमेरमा आइतबार विहान आफ्नै निवास भरतपुर- २५ शुक्रनगरमा निधन भएको हो ।
स्वर्गीय चौधरी लामाे समयदेखि रक्तक्यान्सर, सिभर एनिमियाकाे विरामी थिए । चौधरीको आज नै देवघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बतायो ।
स्वर्गीय चौधरीका दुई श्रीमतीसँगै जेठीका तर्फबाट तीन छोरी तथा कान्छीका तर्फबाट एक छोरी र दुई छोरा गरि ६ सन्तान छन् । मनोज कान्छा छोरा हुन् ।
Comments
Post a Comment