सरकारले जग्गा कित्ताकाट खुल्ला गर्याे

 




काठमाडौं: सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ। २०७४ सालदेखि बन्द रहेको कृषियोग्य जग्गाको कित्ताकाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले खोल्ने निर्णय गरेकी हुन।

मन्त्रालयको निर्णयमा भनिएको छ ‘जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको छ।’

यसअघि २०७४ र २०७५ मा सरकारले जग्गाको खण्डीकरणका सम्बन्धमा रोक्ने आदेश जारी गरेको थियो। 



Comments