रामअवतार चाैधरी। कपिलवस्तुको शिवराज नगरपालिकाका स्थानीय युवाहरूले असोज ३ गतेका दिनलाई कालो दिवसको रूपमा मनाएका छन् । थारु कल्याणकारी सभा नगर कार्य समिति तथा थारु युवा सञ्जाल कपिलवस्तुको संयुक्त आयोजनामा शनिबार राति कालो दिवसका रूपमा युवाहरुले मनाएका हुन् ।
थारु कल्याणकारी सभा शिवराज नगर समितिका अध्यक्ष इन्द्र बहादुर थारुले थारु समुदायको हित विपरीत संविधान बनेको हुनाले कालो दिवसको रूपमा मनाएको बताएका छन् । देशैभरि संविधान दिवस भव्य रूपमा मनाइरहेको बेला सरकारले थारु अगुवा रेशम चौधरी लगायत उनीसँग कष्टकर जेल जीवन बिताइरहेको भन्दै उनीहरुलाई रिहाइको माग गर्दै दोषीलाई कार्वाहीको माग समेत गरेको उनले बताए ।
यस्तै थारु युवा सञ्जालको संयोजक लक्ष्मण थारुले सरकारले कसैलाई काखा कसैलाई पाखा गरेको आरोप लगाएको बताए । विरोध सभा मनाउँदै गर्दा थारु समुदाय एकजुट भएर आफ्नो हक हित फुटेर होइन् जुटेर लिने पर्ने उनले जनाए । आन्दोलनका मुख्य योजनाकार भनेर रेशम चौधरीलाई विना प्रमाण अहिले सम्म जेल बन्दी जीवन विताइरहेको अवस्थामा आफ्नै श्रीमतीलाई हत्या गरेका रन्जन कोइरालालाई रिहाइ गरेर ठूलो भुल गरे भन्दै यसको मूल्य सरकारले चुकाउनु पर्ने बताए । साथै शिवराज नगर भित्रका दर्जानौ थारु युवाहरूको सहभागीतामा विरोध सभा सम्पन्न भएको संयोजक थारुले जानकारी दिए ।
Comments
Post a Comment