कैलालीमा निषेधाज्ञा थप गरि ३१ गते सम्म

 



धनगढी, १८भदौ । कैलालीमा निषेधाज्ञा थप गरि ३१ गते सम्म पुर्याएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने उल्लेख गरेका छन्।
निषेधाज्ञा लम्बिय पनि ब्यापार व्यवसायी भने सञ्चालन गर्न पाउने भएको छ ।

प्रमुख जिल्ला अधिकारी बोहराद्वारा जारी आदेश अनुसार १९ गते मध्यरातिदेखि सार्वजनिक सवारी जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाईने उल्लेख छ भने ५० प्रतिशत यात्रु मात्रै बोक्न पाईने छ। व्यापार व्यवसाय विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाईने छ।

यस भन्दा पहिले कैलालीमा भदौ ४ गते राती १२ बजेदेखी १४ गते सम्म निषेधाज्ञा जारी गरिएको थियो ।

Comments