बेबारिसे अवस्थामा सालको काठ बरामत

 



भदौ १८,कैलालीको घोडाघोडी नगरपालिकामा बेबारिसे अवस्थामा सालको काठ बरामत गरिएको छ । सब डिभिजन बन कार्यलय सुखड र डिभिजन बन कार्यलय पहलमानपुरको सयुक्त गस्ती टोलीले घोडाघोडी नगरपालिकामा वडा नम्बर १० लठैयाबाट बेबारिसे अवस्थामा सालको काठ  फेला पारेको हो ।

डिभिजन बन कार्यलय पहलमानपुरका सहायक बन अधिकृत सुरेन्द्र बहादुर कठायतको नेतृत्वमा गएको  टोलीले धानवारी भित्र लुकाइ राखेको अवस्थामा १७.३३ क्युफिट सालको ७ थान चिरान सहित १८.३४ क्यु फिटको १ थान गोलिया बरामत बताइएको छ।

फेला परेको काठ बारे अनुसन्धान भैरहेको सब डिभिजन बन कार्यलय सुखडका प्रमुख समीर थापाले बताए ।

Comments