सुदूरपश्चिममा आज १ हजार ६४ जनाको कोरोना परिक्षण गरिएकोमा ७ जनामा संक्रमण पुष्टी

 



धनगढी, १९ भदौ । सुदूरपश्चिममा आज १ हजार ६४ जनाको कोरोना परिक्षण गरिएकोमा ७ जनामा संक्रमण पुष्टी भएको छ ।    । डोटी, डडेलधुरा र धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डोटि अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा १ सय ४१ जनामा गरिएको  परीक्षण भएकोमा ३ जनामा संक्रमण पुष्टि भएको हो । डोटि अस्पतालका ल्याव ईन्चाज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टी हुनेमा अछामका २  र डोटीका १ जना  हुन् ।अछामको आर्दशगाउँपालीका एक महिला ,पुर्वीचौकी गाउँपालीका एक पुरुष र डोटीका एक पुरुषमा  संक्रमण पुष्टी भएको हो ।
उता  डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।  ४ सय ५९ जनाको परीक्षण गरिएकोमा ३ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए । भुसालका अनुसार बैतडी १, बझाङका १ र दार्चुलाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

बैतडीको पाटन नगरपालिकाका १, बझाङको मष्ठा गाउपालिकाका १ र दार्चुलाको मार्मा गाउपालिकाका १ जनामा सक्रमण देखिएको  इन्चार्ज भुसालले बताए ।

यता सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ४सय ६४ जनाको कोरोना परीक्षण भएकोमा १ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी हुनेमा धनगढी -५ कैलालीका २६ बर्षिय एक महिला रहेको  सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । 

यो सँगै सुदूरपश्चिममा कुल कोरोना संक्रमितको संख्या ६ हजार १ सय ४५ पुगेको छ । हाल सम्म संक्रमण पुष्टि भएका पाँच हजार ४२ ले कोरोना जितेका छन भने १४ जना संक्रमितको मृत्यु भईसकेको छ ।

Comments