पिसिआर परीक्षणका लागि स्वाव संकलन

 


धनगढी,२४ भदाैै। धनगढी उप–महानगरपालिकाले बुधवार वडा नं ५ स्थीत पञ्चोदय माध्यमिक विद्यालयमा क्याम्प राखेर पिसिआर परीक्षणका लागि स्वाव संकलन गरेको छ ।

स्वाव दिनेहरुमा संक्रमित भेटिएका परिवारका सदस्य, प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिहरु रहेका छन् । समुदायबाट ९३ जनाको स्वाव संकलन गरिएको धनगढी उप–महानगरपालिका स्वास्थ्य स्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए । नगर क्षेत्रमा ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा कोरोना संक्रमण देखिए पछि पिसिआर परीक्षणको दायरा बढाईएको छ ।

उप–महानगरपालिकाले समुदायबाट कन्ट्रयाक्ट ट्रेसिङ्ग गरेर बुधवार सम्म ४ सय २९ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरेको छ ।

Comments